काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा वर्षाको सम्भावना रहे पनि ठूलो पानी भने नपर्ने मौसमविदले बताएका छन् । मंगलबार राति देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिमका केही स्थान…