७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । 

राप्रपाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

असारमा काठमाडौंमा बसेको बैठकले ‘२०७६ लाई संगठन निर्माण वर्ष’ घोषणा गरे बमोजिम बैठक बस्न लागेको हो।

पूर्व निर्धारित तयारी अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठक साउन १३ गते बिहान ९ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षाका साथै सांगठानिक अवस्थाको बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६ सोमबार ००:००  ८ : ०० बजे