कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवा युक्त दिगोपना पालिका घोषणा गरिएको छ । नगरपालिकाले दिगोपनाका सबै आवश्यक सूचकहरू पुरा गरेपछि शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवा युक्त दिगोपना पालिका घोषणा गरेका हुन् । यस क्रममा आचार्यले प्रसुति सेवाको सुदृढीकरण र मातृ तथा नवजात…