वाणगंगा, कपिलवस्तु ।वाणगंगा नगरपालिका–८ मधुवन निवासी बिना कडेलको जटिल स्वास्थ्य अवस्थाका कारण उनका परिवार अहिले संकटमा परेका छन्। उपचारको लागि आर्थिक अभाव भएपछि अहिले विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग जुटाउने क्रम तीव्र बनाएका छन्। गत चैत्र १७ गते काठमाडौंको मेडिसिटी अस्पतालमा शल्यक्रियामार्फत तीन शिशुको जन्म दिएपछि बिना कडेललाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएको थियो। त्यसयता उनको…