२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

बालाजुमा रिक्सासँग मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

काठमाडौं । बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको ज्यान गएको छ । सोमबार राति बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल रिक्सामा ठोक्किँदा मोटरसाइकल पछाडि सवार काठमाण्डौको रानीबारी बस्ने काभ्रेका ३६ वर्षीय हरि श्रेष्ठको ज्यान गएको हो । मोटरसाइकल चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।