३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

शिक्षकहरुको आन्दोलन निरन्तर रहने

काठमाण्डौ । नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताउनुभएको छ । उहाँले आज पनि हिजोअस्ति जस्तै माइतीघरमा दिउँसो १२ बजे शिक्षकहरु भेला भएर विरोध प्रदर्शन गर्ने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ…