तनहुँ ।छोरी किरियामा बस्नु हुँदैन भन्ने सामाजिक मान्यतालाई तोड्दै तनहुँको दुई महिला किरिया बस्नु भएको छ । छोराले मात्र दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै व्यास नगरपालिका–२ सत्यवतीलाइन, दमौलीकी प्रतिक्षा पन्थ र सुमिक्षा पन्थ बुबाको किरियामा बस्नु भएको हो । बुबा प्रकाशराज पन्थको चैत २८ गते निधन भएपछि उहाँ किरिया बसिरहनु भएको…