१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

गुल्मीको रेसुङ्गा विमानस्थलबाट अबदेखि हप्ताको तीन पटक हवाई उडान हुने



गुल्मी ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्ताको तीन पटक हवाई उडान हुने भएको छ ।

यस अघि हप्ताको एक दिन बिहिवार मात्र उडान हुँदै आएकोमा अबदेखि नियमित रुपमा आइतवार, मङ्गलवार र बिहीवारका लागि उडान थप गरिएको नेपाल वायु सेवा निगम रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगम ९नेपाल एअरलाइन्स० सँग भएका दुइ वटा ट्वीनअटर जहाज मर्मत भएसँगै रेसुङ्गा विमानस्थलमा उडान तालिका थप गरिएको हो ।

वायुसेवा निगमको जहाज ग्राउन्डेड भएपछि जिल्लामा तीन महिना हवाई सेवा अवरुद्ध बनेको थियो ।

नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रुपमा हवाई उडान शुरू गरेको थियो । निगमले जिल्लामा व्यावसायिक उडान गरेसँगै शुरूमा हप्तामा तीन पटकसम्म उडान गरेपनि पछि घटाएर एक पटक मात्र उडान गर्दै आइरहेको थियो ।

पछिल्लो समयमा गुल्मीमा हवाई उडान शुरू भएसँगै जिल्लामा आउने आन्तरिक एवम् बाह्य पर्यटकहरुको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । जिल्लामा हवाई सेवा लिनका लागि यात्रुहरुको अत्याधिक चाँप हुने गर्दछ ।

प्रकाशित मिति : २६ बैशाख २०८२ शुक्रबार ००:००  ३ : ०५ बजे