पेशावर, पाकिस्तान । पाकिस्तानी तालिबानले देशको उत्तरपश्चिममा शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा पाँच प्रहरी अधिकारीको हत्या गर्नुका साथै अन्य छ जनालाई घाइते बनाएको प्रहरीले शुक्रबार जनाएको छ । खैबर पख्तुनख्वा प्रान्तमा कम्तीमा पाँचवटा छुट्टाछुट्टै आक्रमण भएको एक प्रहरी अधिकारीले नाम न छाप्ने सर्तमा एएफपीलाई बताए । हत्याको जिम्मा पाकिस्तानी तालिबानले लिएको थियो, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) भनिन्छ,…