अर्घाखाँची । गाउँमा बाँदर नियन्त्रण गर्न भन्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको घाटाखोला, बेल्टारी सामुदायिक वनमा फलफूलका बिरुवा राेप्न शुरू भएको छ । उत्पादन दिने फलफूल लगाएर आम्दानी गर्न सकिने र गाउँमा बाँदर नियन्त्रण पनि हुने विश्वासले सामुदायिक वनमा फलफूलका बिरुवाहरू लगाउन थालेको घाटाखोला, बेल्टारी सामुदायिक वनका अध्यक्ष नारायण भट्टराईले बताउनुभयो । यस वर्ष जङ्गलमा दुई सयभन्दा…