काठमाण्डौ । बाराको बरियारपुरमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा चहलपहलसँगै दर्शनार्थीको भीड बढेको छ । गढीमाई दर्शनका लागि दर्शनार्थीको भीड र व्यापारले मेलाको रौनक बढाएको छ । अस्ति शुक्रवारदेखि पाँच दिनका लागि स्थानीय विद्यालय बन्द गरिएको छ । मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । गढीमाईमा हरेक पाँच वर्षमा विशेष मेला लाग्ने गर्छ…