काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै मौसम बदली भएको हो । आज र भोलि पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बेलुकीदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा…