काठमाडौं । हुम्लामा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ताजाकोट गाउँपालिका ३ का २५ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसुरा मल्ल छन्। जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर सुरेश सुवेदीका अनुसार उनीहरू दसैँका लागि घर पोत्ने कमेरो लिन घरभन्दा आधाघन्टा पर गएका थिए। कमेरो निकाल्ने क्रममा उनीहरू ढिस्कोमा पुरिएका थिए। उनीहरूको घटनास्थलमै मृत्यु…