मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट २ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो । आइतबार कृष्णनगरको यात्रुगेटबाट भारत तर्फ जादै गरेकी रुकुम जिल्ला साबिक कोल गाविस ५ स्थाई घर भइ हाल कपिलवस्तुको शिवराज १ चैनपुर नौडिहवा बस्ने ६४ वर्षिय…