काठमाडौं । खेलको अन्त्यतिर फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ । नेपालले घरेलु मैदानमा पाकिस्तानलाई १–० को पराजित गरेको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्न ढिला गरे । ११औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि…