७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई दियो १ सय ९२ रनको लक्ष्य



काठमाण्डौ ।

दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रनमा अलआउट भयो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतक बनाए ।

यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३ विकेट लिए । त्यस्तै करन केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १र१ विकेट लिए ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । अस्ति सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९ बुधबार ००:००  १२ : ४९ बजे