दाङ । दाङको देउखुरीमा विद्यालय जान लागेका विद्यार्थी चढेको डुङ्गा राप्ती नदीमा पल्टिँदा २४ जना घाइते भएका छन् । लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यमिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी चढेको डुङ्गा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिनुभयो । डुङ्गा पल्टिँदा २४ जना विद्यार्थी नदीमा खसेका थिए । प्रायजसो विद्यार्थीहरुको…