८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अफगानिस्तान र चीनमा छुट्टाछुट्टै भूकम्प : ८ जनाको मृत्यु



एजेन्सी ।

अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ। सोमवार बिहान अफगानिस्तानको नानगरहर र कुनर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

स्थानीय मिडियाका अनुसार भूकम्प ५.१ म्याग्निच्युडको थियो।यस्तै, चीनमा पनि आइतवार भूकम्प गएको छ। ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिचुवान प्रान्तमा रहेको बताइएको छ। भूकम्पका कारण मानिसहरु घर बाहिर निस्किएका थिए।

उक्त भूकम्पपछि अर्को ४.२ म्याग्निच्युडको भूकम्प पनि गएको छ। त्यसको केन्द्रविन्दु लुदिङ नजिकैको यान शहरमा रहेको थियो।

भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति : २० भदौ २०७९ सोमबार ००:००  १२ : ३४ बजे