काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ । आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मतदातालाई अपायक परेका, जीर्ण…