२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ सौनहवामा आइतबार बेलुकी दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए…