२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

दलित समुदायद्धारा स्थानीय चुनावमा प्रमुख पद सुनिश्चितताको माग

काठमाडौं ।राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले स्थानीय चुनावमा कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले दलित समुदायलाई पनि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको टिकट दिइनुपर्ने माग गरेका छन्। साथै उनीहरूले निर्वाचित जनप्रतिनिधिहरूले जातीय विभेद गरेमा स्वतः पद खारेज हुने कानुन बनाउनपर्ने, जातीय विभेद…