मायादेवी अनलाइन, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा शनिबार दिउसो आगलागी भएको छ । विजयनगर–४ डगडौवाका स्थानीय भरत किशोर यादवको गोठमा आगलागीमा परी एक भैँसी जलेर नष्ट हुनुका साथै पाडा घाइते भएको छ । मध्यान्न साढे १२ बजेदेखि लागेको आगो आधा घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आगलागीबाट गोठमा भएका सबै काठपात…