काठमाडौँ । रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ । बिहीबार ९साढे १२ बजे० प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३।५८ प्रतिशतले बढेर ११७ डलर पुगेको छ । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ ।…