काठमाडौं ।प्रतिनिधिसभाको बैठक आज बस्दैछ। गत आइतबार संसदबाट एमसीसी पारित भएपछि स्थगित भएको बैठक आज दिउसो १ बजे बैठक बस्न लागेको हो।आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी…