४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

प्रतिनिधिसभा बैठक आज बस्दै



काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज बस्दैछ। गत आइतबार संसदबाट एमसीसी पारित भएपछि स्थगित भएको बैठक आज दिउसो १ बजे बैठक बस्न लागेको हो।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८ बुधबार ००:००  ८ : ०० बजे