एजेन्सी । म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । तीन वटा अपराधसम्बन्धी आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्षको जेल सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ । नोबेल पुरस्कार विजेता नेतृ सुकी गएको फेब्रुअरीदेखि हिरासतमा हुनुहुन्छ । म्यानमारमा सेनाले ‘कु’ गरी सुकीलाई नियन्त्रणमा लिएको थियो ।…