७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शनिबार थप ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको र पाँच हजार नौ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार पाँच सय ६२ जनाको नमूना परीक्षण गर्दा चार हजार नौ सय चार जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार सात सय तीन जना पुगेको छ ।

अहिले नेपालमा ८७ हजार तीन सय २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ७२ हजार सात सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८ शनिबार ००:००  ५ : ०१ बजे