एजेन्सी । बेलायतले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएसँगै लगाइएको नयाँ प्रतिबन्धहरु फुकुवा गर्न थालेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सङ्क्रमण फैलिएपछि रोकथामका लागि भन्दै लागू गरिएको ‘प्लान बी’ अन्तर्गतका नियम तथा प्रतिबन्ध हटाउने घोषणा गरेसँगै त्यहाँको जनजीवन पुरानै अवस्थामा फर्किन लागेको छ । बेलायतमा अब मास्कलाई अनिवार्य गरिने छैन भने सेल्फ आइसोलेशनको कडा नियमलाई पनि…