काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन सय ३७ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा आठ लाख ६ हजार दुई सय २३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन्…