४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

थप १ सय ८१ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार आठ सय ७२ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ८३ प्रतिशत अर्थात एक सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा थप एक जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार दुई सय ७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९७ हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड २० लाख ३१ हजार एक सय आठ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये ९६ लाख २३ हजार एक जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८ आइतबार ००:००  ५ : ३९ बजे