काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् । उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई…