काठमाण्डौ । नेपालले पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतमा निर्यात सुरु गरेको छ ।गएराति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि यो लाइनबाट विद्युत् आयात हुँदै आएको थियो । अब निर्यात पनि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो । अस्ति मात्रै नेपालले…