८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दश महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए




काठमाण्डौ ।

सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार तीन सय ३२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्

पोहोर अक्टोबरमा जम्मा दुई हजार २५ जना पर्यटक आएकोमा यो वर्षको अक्टोबर महिनामा २३ हजार दुई सय ८४ विदेशी पर्यटक भित्रिएका छन् । अक्टोबरमा नेपालबाट १४ हजार दुई सय २२ विदेशी बाहिरिएका छन् । अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार आठ सय ९८ विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार आठ सय ७४, फेब्रुअरीमा नौ हजार एक सय ४६, मार्चमा १४ हजार नौ सय ७७, अप्रिलमा २२ हजार चार सय ५०, मे मा एक हजार चार सय ६८, जुनमा एक हजार एक सय ४३, जुलाईमा दुई हजार नौ सय ९१ र अगस्टमा पाँच हजार नौ सय १७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८ मंगलबार ००:००  १२ : ५४ बजे