काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। शनिबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो…