बागलुङ ।बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ। निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो। मंगलबार राति करिब १२ बजे बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए। राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो। गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको…