काठमाण्डौ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा…