१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

गुल्मीमा विषालु च्याउ खाँदा ६ जना बिरामी

गुल्मी ।विषालु च्याउ खाँदा गुल्मीमा ६ जना बिरामी परेका छन् । गुल्मीदरबार गाउँपालिका–१ बलिथुम बजारमा बिहान जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी परेका हुन् । बिरामी पर्नेहरूमा ८३ वर्षीय केरसिंह रजाली, बुहारी ३३ वर्षीय हिमा रजाली, नातिनीहरू १६ वर्षीया एलिना रजाली, १३ वर्षीया बिपना रजाली, नाती १० वर्षीय किरण…