गुल्मी ।
विषालु च्याउ खाँदा गुल्मीमा ६ जना बिरामी परेका छन् । गुल्मीदरबार गाउँपालिका–१ बलिथुम बजारमा बिहान जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी परेका हुन् ।
बिरामी पर्नेहरूमा ८३ वर्षीय केरसिंह रजाली, बुहारी ३३ वर्षीय हिमा रजाली, नातिनीहरू १६ वर्षीया एलिना रजाली, १३ वर्षीया बिपना रजाली, नाती १० वर्षीय किरण रजाली तथा ३६ वर्षीया छिमेकी बुहारी बिपना रजाली रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
गएको वर्ष पनि विषालु च्याउ खाँदा रेसुङ्गा नगरपालिका–८ मा आठ जना र मुसिकोट नगरपालिका–४ मा तीन जना बिरामी परेका थिए ।







प्रतिक्रिया