काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाे छ । विषम परिस्थितिका कारण मङ्गलवारदेखि बन्द रहेको विमानस्थल तत्काल लागू हुने गरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ । आज बसेकाे विमानस्थल सुरक्षा समितिकाे निर्णय अनुसार विमानस्थल पुनः शुरू गर्ने निर्णय भएकाे विमानस्थल कार्यालयले निकालेकाे सूचनामा उल्लेख छ । हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा…