काठमाडौं ।दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही भदौ २९ देखि सुरू गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै सटही कार्यक्रम २९ भदौदेखि १० असोजसम्म सञ्चालन हुने जनाएको हो। सर्वसाधारण तथा संघ–संस्थाहरूले सुकिला नोटहरू नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, सातवटै प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा,…