१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

सडक दुर्घटनामा परी मलेसियामा नेपालीको मृत्यु

काठमाण्डौ । सडक दुर्घटनामा परेर मलेसियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको ज्यान गएको छ । शुक्रबार मलेसियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै ज्यान गएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो । आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भएका…