५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

सिरहा । सिरहामा बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया छोरी रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो । साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाध्यक्ष रामपुकार कामतीले…