६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

मायादेवी अनलाइन, कपिलवस्तु । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ।रेग्मीकी आमा चित्रकुमारीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी ९सिभिल० अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । स्व रेग्मीका तीन छोरा र चार छोरी छन्।