काठमाडौं । असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ । गृहमन्त्रालका अनुसार बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेको संख्या बुधबार बेलुका छ बजेसम्म ८८ पुगेको हो । त्यसैगरी ३१ जना अझै बेपत्ता भएको जनाइएको छ । उपचाररत ४१ जना घाइतेमध्ये ३० जनाको उपचारपछि फिर्ता…