६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

पहिरोले गोठ पुरिँदा बागलुङमा एक किशोरीको मृत्यु

बागलुङ । गल्कोट नगरपालिका ८ ज्यामिरेमा खसेको पहिरोले गोठ पुरिँदा एक किशोरीको ज्यान गएको छ । बुधबार बिहान साढे ६ बजेतिर माथिबाट खसेको पहिरोले गोठ पुरिँदा भैँसी दुहुँदै गरेकी १७ वर्षकी सीता गौतमको ज्यान गएको प्रहरीले जाएको छ । पहिरोमा परेर गोठमा रहेका चौपाया समेत मरेका छन् ।