७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

फुलह्याम वाट्फोर्डसँग ४–१ ले पराजित

एजेन्सी । फुलह्याम इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डसँग ४–१ ले पराजित भएपछि फुलह्याम रेलिगेशनमा पर्ने पक्का भएको हो । घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डको जितमा अब्दुलायी डुकुर, विल ह्युज, ट्रोय डीनी र किको फेमेनियाले गोल गरे । फुलह्यामका लागि रायन बेबलले एक गोल फर्काए ।…