काठमाडौं । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृतकको संख्या ५० पुगेको छ । २ सय बढी घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएका थिए । कम्तिमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको हो ।…