काठमाण्डौ । नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक दोस्रो पटक पनि स्थगित भएको छ ।पहिलो पटक १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठक पुनस् प्रमुख प्रतिपक्षि दल कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि स्थगित हुन पुगेको हो । सभामुख कृष्ण बहादुर महराले दोस्रो पटकको बैठकमा शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ पेश गर्न अनुमति…