२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नदीमा हाम फालेकी किशोरी पाँच दिनदेखि बेपत्ता

बैतडी । पाँच दिनअघि चौलानी नदीमा हाम फालेकी एक किशोरी अझै बेपत्ता छन्। गत बिहीबार डिलाशैनी गाउँपालिका–६ खरेलगाउँकी १५ वर्षीया आशा नाथ घर नजिकैको चौलानी नदीमा हाम फालेकी थिइन्। बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए। किशोरीको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले…