एजेन्सी । आपत्कालीन औषधि र चिकित्सकहरु बोकेको हेलिकप्टर दुर्घटना हुँदा इरानमा सोमबार पाँचजनाको ज्यान गएको छ । हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । गर्भवती महिलालाई आपत्कालीन उपचारका लागि लैजान खटिएको हेलिकप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ । “आपत्कालीन सेवाको…